उर्लाबारी नगरपालिका वडा नम्बर ८ले वडाका ३५ जना बिपन्न परिवारका सुत्केरी महिलालाई शुक्रबार पोषण सामाग्री बितरण गरेको छ । सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाबाट बिनियोजित बजेटबाट उक्त सामाग्री बितरण गरिएको हो । एक कार्यक्रमको आयोजना गरि उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नम्बर ८ का अध्यक्ष कुलबहादुर कार्कीले उक्त सामाग्री बितरण गर्नुभएको छ। कार्यलयले निरन्तर ४ बर्ष देखि वडाका बिपन्न सुत्केरी महिलालाई पोषण सामाग्री बितरण गर्दै आएको महिला सदस्य चन्द्रा डागीले बताउनुभयो । वडाले मंसुरी चामल २५ केजी, तोरीको तेल २ लिटर, मुसुरो दाल २ केजी, हरलिक्स आधा केजी, ज्वानो ४सय ग्राम, मौरीको मह १ केजी लगायतका सामाग्री बितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय