३२ श्रावन २०७७, आइतवार.

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि देशका ३६ जिल्लामा निषेधाज्ञ, लकडाउन र सिल भएको छ ।
सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा आवश्यक महसुस गरी निषेधाज्ञा, लकडाउन र सिल भएका छन । कति पनि स्थानिय निकायहरुले आजवाट थप निषेधाज्ञा र लक डाउन गर्नकोलागि वैठकहरु वसिरहेको सुचना प्राप्त भएको छ ।
हेरौ कुन जिल्लामा के छ ?

सप्तरी
सप्तरीमा केहि स्थानिय निकायहरुले साउन १९ देखि निषेधाज्ञा र लकडाउन भदौ २ गतेसम्म गरेका छन ।
नुवाकोट
नुवाकोटमा केहि स्थानिय निकायहरुले साउन २३ गते देखि भदौ २ गतेसम्म निषेधाज्ञा जारी गरेका छन ।
बाँके
बाँके जिल्लामा साउन १७ गते देखि २८ गतेदेखि भएको निषेधाज्ञा भने विस्तारै खुल्दै छ ।
पर्सा
पर्साका साउन १० गते देखि जिल्लाभरी नै निषेधाज्ञा गरिएकोछ ।
बारा
बारामा साउन १८ गते देखि देखि निषेधाज्ञा गरिएको छ ।
महोत्तरी
महोत्तरीमा स्थानिय निकायहरुले साउन १६ प्रभावित क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेका छन ।
सुनसरी
सुनसरीका स्थानिय निकायले साउन २१ गते देखि साउन ३२ सम्म निषेधाज्ञा लागू गरेका छन ।
सर्लाही
सर्लाहीमा जिल्ला प्रशासन कार्यालयले साउन २१ देखि गरेको निषेधाज्ञा साउन ३२ सम्म लम्ब्याएको छ ।
स्याङजा
जिल्ला प्रशासन कार्यालयले स्याङजाले साउन १३ देखि भदौ ४ गतेसम्म निषेधाज्ञा लागू गर्ने निणर्य गरेको छ ।
सिरहा
सिरहाका स्थानिय निकायहरुले साउन २२ देखि भदौ ७ गतेसम्म निषधाज्ञा र लकडाउन गरेका छन ।
जुम्ला
जुम्ला विभिन्न स्थानिय निकायहरुले साउन २२ गतेदेखि अर्को निणर्य नभएसम्मका लागि निषेधाज्ञा लागु गरेका छन ।
बर्दिया
बर्दियामा साउन २५ देखि ३२ गतेसम्म जिल्लाभरी नै लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
बझाङ
बझाङका केहि स्थानिय निकायहरुले साउन १९ देखि ३२ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको छन ।
मोरङ
मोरङका केहि स्थानिय निकायहरुले साउन २२ देखि ३२ सम्म लकडाउनको घोषणा गरेका छन् ।
दार्चुला
दार्चुला केहि स्थानिय निकायले साउन १७ देखि अर्को निणर्य नभएसम्मको लागि लकडाउन गरेका छन ।
झापा
झापाका केहि स्थानिय निकायहरुले साउन १८ देखि अर्को निणर्य नभएसम्मका लागि लकडाउन घोषणा गरेको छन ।
कञ्चनपुर
कञ्चनपुरका केहि स्थानिय निकायहरुले साउन १८ देखि अर्को निणर्य नभएसम्मको लागि अत्यावश्यक बाहेक सबै काम बन्द गर्ने जनाएका छन ।
काठमाण्डौ
काठमाण्डौ, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले साउन २५ देखि भदौ ८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेका छन् ।
रौतहट
रौतहटमा साउन २४ देखि साउन ३२ गते सम्म जिल्लाभरी नै निषेधाज्ञा लगाएको छ ।
रुपन्देही
रुपन्देहीका स्थानिय निकायहरुले साउन २२ देखि भदौ ५ गतेसम्म लकडाउन गरेका छन ।
कैलाली
कैलाली केहि स्थानिय निकायहरुले साउन २२ देखि अर्को निणर्य नभएसम्मको लागि लकडाउनको घोषणा गरेको छन ।
। मकवानपुर
मकवानपुरका केहि स्थानिय निकायहरुले साउन २६ देखि साउन ३२ सम्मका लागि निषेधाज्ञा लगाइएको छन ।

कपिलवस्तु
कपिलवस्तुमा साउन २३ देखि ३२ गतेसम्म अत्यावश्यक वाहेक सवैसेवा वन्द गर्ने निणर्य भएको छ ।

धादिङ
धादिङ सदरमुकाम र राजमार्ग क्षेत्रमा साउन २७ देखि निषेधाज्ञा लगाइएको छ ।

रुकुम पश्चिम
रुकुम पश्चिमका केहि स्थानिय निकायहरुले साउन २८ देखि भदौ २ गतेसम्म निषेधाज्ञा लगाइएको छन ।
धनकुटा
धनकुटाका केहि स्थानिय निकायहरुले साउन २९ देखि गरिएको भदौ ४ गतेसम्म निषेधाज्ञ गरेका छन ।
तनहुँ
तनहुँका केहि स्थानिय निकायहरुले साउन २९ देखि भदौ ३ गतेसम्म निषेधाज्ञा गरेका छन ।
उदयपुर
उदयपुरमा साउन २८ देखि लगाइएको निषेधाज्ञा भदौ ७ गतेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुर्खेत
जिल्ला प्रशासन कार्यालयले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा भदौ १ गते बिहान ६ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।

पाल्पा
पाल्पाको तानसेनमा केहि स्थानमा साउन २९ देखि अर्को निणर्य नभएसम्मका लागि सिल गरिएको छ ।

रामेछाप
रामेछापको रामेछाप नगरपालिकाको कार्यालय साउन २९ देखि अर्को निणर्य नभएसम्मका लागि सिल गरिएको छ ।
चितवन
चितवनको भरतपुर महानगरपालिकामा साउन ३१ देखि भदौ ५ गतेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दोलखा
दोलखामा जिल्लाभरी नै साउन ३१ देखि जारी भएको निषेधाज्ञा भदौ ६ गतेसम्म चल्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय