झापा, झापाको बिर्तामोड नगरपालिका-५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका-७ का २२ बर्षीय सुजन गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैया समेत बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय