उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ५ मा रहेको गोदावरी अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिएको छ । अस्पतालमा आइसोलेशन वार्ड स्थापना गरेर कोभिडका बिरामीलाई उपचार गर्न थालेको अस्पतालका संचालक प्रकाश चौहानले बताए ।

हालका लागि अस्पतालमा १० बेडको अक्सिजन सहितको सुविधा सम्पन्न आइसोलेशन वार्डको व्यवस्था गरिएको उनले बताए । थप आइसोलेशन वार्ड आवश्यकता भएकाले अस्पतालको छुट्टै भवनमा नयाँ आइसोलेशन वार्ड बनाउँदै गरेको पनि सञ्चालक चौहानले जानकारी दिए ।

महामारीको यस विषम परिस्थितीमा अस्पतालले कोभिडका बिरामीको न्यून शुल्कमा उपचार गरिरहेको छ । त्यसैगरी, आर्थिक अवस्था कमजोर भएका,असहाय दीन-दुःखीलाई निःशुल्क उपचार गर्न तयार रहेको पनि अस्पताल संचालक चौहानले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय