पुजन दास, रतुवामाई
मोरङ्गको रतुवामाई नगरपालिकाले वडा नं.५,६ र ७ का कृषकहरुलाई बोयर जातको बोका र पाठा वितरण गरेको छ ।
रतुवामाई बाख्रा पकेट सञ्चालन समितिले नगरपालिकाको आर्थिक सहयोगमा ५० प्रतिशत साझेदारीमा बोका,पाठा, औषधि तथा सुधारिएको टाट्नो वितरण गरेको हो । सौठाको बुधबारे बजारमा आज सम्पन्न एक औपचारिक कार्यक्रम माँझ नगरपालिकाका वडा नं.५,६ र ७ का ४४ जना कृषकहरुलाई बोका, पाठा,औषधि तथा सुधारिएको टाट्नो वितरण गरिएको थियो ।
उक्त औपचारिक कार्यक्रम रतुवामाई बाख्रा पकेट सञ्चालन समितिका अध्यक्ष जीतमान श्रेष्ठको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि रतुवामाई नगरपालिकाका प्रमुख मेयर रबिन राई रहनु भएको थियो । गाउँ गाउँमा रहेका कृषकहरुलाई ब्यावसायिक बनाउँदै आत्मानिर्भर बनाउने योजना रहेको मेयर राईले बताउनुभयो । आगामी दिनमा नगर भरी नै कृषि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय