उर्लाबारी । उर्लाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ चुनावी बार्षिक साधारणसभा कोभिड महामारीका कारण सिमित सदस्यको उपस्थितिमा सम्पन्न भएको छ । साधारणसभाले अगामी चार वर्षे कार्यकालका लागि संचालक समिती र लेखा समिती सर्वसमम्त चयन गरेको छ ।

कार्यक्रमको सभापती संस्थाका अध्यक्ष गोपालकुमार घिमिरे तथा संस्था अग्रज शेयर सदस्य अर्जुनकुमार भुर्तेलको प्रमुख आतिथ्य तथा गुरुप्रसाद पोख्रेल , एकराज काफ्ले, घनेन्द्र प्रसाद आपागाई लगायतको आतिथ्यतामा भएको थियो । संस्थाको अध्यक्षमा पुन : गोपाल कुमार घिमिरे, उपाध्यक्षमा टिकाराम पौडेल ,सचिवमा नेत्रप्रसाद आपागाई ,सहसचिवमा रेखबहादुर डागी ,सदस्यहरुमा चन्द्रबहादुर राई, केशब लुईटेल,उर्मिला दाहाल ,बद्री बिक्रम सुवेदी , लेखा समितिको संयोजकमा प्रेमप्रसाद रेग्मी, सदस्यमा भगवती सुवेदी र प्रकाश दुलाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।संस्थाको बार्षिक कारोबार रु ६ करोड ७५ लाख गर्दै शेयर सदस्य हरुलाई १५ प्रतिशत बोनस बाड्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय