दमक/ पूर्व क्षेत्रमा लिम्बुवान राज्य स्थापनाको उद्धेश्य राखेर २०६२/०६३ को जन आन्दोलनपछि सक्रिय रहेको संघीय लिम्बुवान मञ्च, नेपालको अध्यक्षमा पुनः कुमार लिङ्देन (मिराक ) निर्वाचित भएका छन् । अरुण पूर्वका क्षेत्रलाई लिम्बूवान राज्य बनाइनु पर्ने माग राख्दै आएको सो मञ्चको धरानमा सम्पन्न प्रान्तिय अधिवेशनले दोश्रो कार्यकालका लागि लिङदेनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनले ३४ सदस्यीय समितिको चयन गरेको जनाइएको छ । जस अनुसार मञ्चको उपाध्यक्षहरुमा ज्ञान बहादुर लिम्बु, चन्द्र खापुङहाङ लिम्बु, अम्बर बहादुर पन्धाक, कृष्ण तुम्बाहाम्फे, आइदेव राई, थाङसाङ लावती, शान्ता योङहाङ, इन्द्रकुमारी लिम्बु (इन्दिरा ), विष्णुमाया थापा भट्टराई चयन भएका छन् । त्यसैगरी महासचिवमा दिलकुमार लावती, भानु भट्टराई र लक्ष्मी मावो ,उपमहासचिवहरुमा दिपेन्द्र चेम्जोङ (लावाहाङ ), मान बहादुर साँवा, गजेन्द्रमान चोङबाङक्याक, भुपेन्द्रसुन्दर लावती, धनराज सुब्बा, पूर्णकला तेयुङ, प्रेमकुमार लावती निर्वाचित भए । त्यसैगरी सचिवहरुमा शंकर लिम्बु खेवा, रामचन्द्र थापा मगर, राजु राई, भक्तबहादुर लिम्बु, भिम सुनुवार, मुक्साम लाबुङ, सुनिता केरुङ, मेलिना मादेन (रीता ), दिलु लिङ्देन लावती, धनबहादुर पन्धाक, काजीमान ओख्राबो, सन्तोष तुम्बापो र मोहन मावो निर्वाचित भएका छन् । यसैगरी अधिवेशनले लिम्बुवान मञ्चको १५१ सदस्यीय कार्य समिति चयन गर्नुका साथै ३५ सदस्यीय पहिचान समिति समेत गठन गरेको मञ्चद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।























