उर्लाबारी, उर्लाबारी जेसीजको २४ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।  उर्लाबारी उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सो अवसरमा उर्लाबारी जेसीज सन् २०२२ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीलाई सपथ गराइएको छ । सन् २०२१ का अध्यक्ष अशोक धिमालले २०२२ का अध्यक्ष तारानाथ दाहाल (रमेश) लाई सपथ गराएका थिए । उर्लाबारी जेसीज २०२२ को अध्यक्षमा दाहाल यसअघि नै सर्वसम्मत चयन भएका थिए । यस्तै, कार्यकारिणी उपाध्यक्षमा टिकाप्रसाद भट्टराई र भीम घिमिरे, उपाध्यक्षमा देवेन्द्र खड्का, खेमराज मगर, अजय गौतम, पार्वती थापा र जनसम्पर्क अधिकारी साजन कुँवर चयन भएका थिए ।
आजको कार्यक्रममा अध्यक्ष दाहालले महासचिवमा निशान भट्टराई, कोषाध्यक्षमा सनम श्रेष्ठ, कानुनी सल्लाहकारमा सन्दिप पौडेल र सचिवमा भुपाल काफ्लेलाई मनोनित गरे । यस्तै, अध्यक्षीय सल्लाहकारमा पूर्वअध्यक्षहरु पवन अग्रवाल, विनोद न्यौपाने र यादप भण्डारी मनोनित भएका छन् । निवर्तमान अध्यक्ष अशोक धिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ट जेसीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको कार्यक्रम संयोजक नवीन श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय