
उर्लाबारी । नेकपा एमाले मोरङको उर्लाबारी वडा नं. ४ का सदस्य मनकुमार थापा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका नेता तथा केन्द्रीय सदस्य राम राई, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल), पार्टीका प्रदेश सचिब गणेश उप्रेती (सुशिल), उर्लाबारी नगरअध्यक्ष गजेन्द्र दंगाललगायतले थापालाई स्वागत गर्नुभएको हो । उर्लाबारीमा माओवादी केन्द्रलाई चलयमान र संगठन विस्तारलाई तीब्र रुपमा अघि बढाउने नगरअध्यक्ष दंगालले जानकारी दिनुभयो ।