उर्लाबारी । एमाले उर्लाबारी नगर कमिटीले विभिन्न १५ वटा विभाग गठन गरी जिम्मेवारी प्रदान गरेको छ भने वडा ईञ्चार्ज समेत तोकेको छ ।
एमाले वडा नं. १ मा भीम श्रेष्ठ, वडा नं. २ मा खेमचन्द्र थापा, वडा नं. ३ मा मित्रप्रसाद ढकाल, वडा नं. ४ मा केदारनाथ खतिवडा, वडा नं. ५ मा चेतन सिग्देल, वडा नं. ६ मा वेदनिधि पौडेल, वडा नं. ७ मा विकास बुढाथोकी, वडा नं. ८ मा रुद्र लामिछाने र वडा नं. ९ मा चन्द्रमणि भट्टराईलाई इञ्चार्ज तोकिएको छ ।
यस्तै, स्कुल विभाग संयोजकमा गंगाप्रसाद बास्तोला र सह–संयोजकमा प्रेमप्रकाश कोइराला, महिला विभाग संयोजकमा निर्मला गौतम र सह–संयोजकमा रामप्यारी तामाङ, युवा विभाग संयोजकमा योगराज लाबुङ र सह–संयोजकमा हेमन्त भट्टराईलाई जिम्मेवारी तोकिएको छ । एमाले उर्लाबारीको किसान विभाग संयोजकमा मित्र ढकाल, सह–संयोजकमा भक्तबहादुर विश्वकर्मा, उद्योग व्यवसाय विभाग संयोजकमा चेतन सिग्देल, सह–संयोजकमा गोपाल खरेल, बुद्धिजीवी विभाग संयोजकमा भुवन श्रेष्ठ र सह–संयोजकमा केशव घिमिरे, आर्थिक विभाग संयोजकमा भरतमणि गौतम, सह–संयोजकमा विकास बुढाथोकी, विद्यार्थी विभाग संयोजकमा हेमन सुब्बा र सह–संयोजकमा नवराज अधिकारी रहनुभएको छ ।
यस्तै, संगठन विभागको संयोजक गोपालप्रसाद रिमाल, सह–संयोजक झक्कड राना मगर, सहकारी विभाग संयोजक भरतमणि गौतम, सह–संयोजक बुद्धिलाल सोरेन, सूचना तथा सञ्चार विभाग संयोजक मदन दाहाल, सह–संयोजक सुमन घिमिरे, स्वास्थ्य विभाग संयोजक सरस्वती खरेल, सह–संयोजक छत्रपति पोख्रेल, संसदीय विभाग संयोजक लक्ष्मी ढुंगाना, सह–संयोजक कृष्णमाया कार्की, वन तथा वातावरण विभाग संयोजक सेहाङ लिम्बू, सह–संयोजक मिनकुमार योञ्जन र मजदुर विभाग संयोजक अनिल धिमाल, सह–संयोजक डोमनाथ खतिवडा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय