
उर्लाबारी /मोरङको उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी सहितको टोलीले वडा नं-८ स्थित खैरेनी वगरटोलमा सडक स्तरोन्नति गर्नका लागि अनुगमन गरेको छ।
बुधबार नगरका प्राविधिक राम गड्तौला लगायतले उर्लाबारी नगरपालिका वडा नम्बर -८ , बगर टोलमा रहेको सडक ग्राभेलको अनुगमन गर्नुभएको हो । उर्लाबारी नगरपालिकाबाट ३ लाख रूपैया र उपभोक्ताका तर्फबाट ३४ हजार २ सय ३६ रूपैया गरी ३ लाख ३४ हजार बढी बजेटबाट निर्माण सम्पन्न भएको ३ सय मिटर सडक- ग्राभेलको अनुगमन गरिएको थियो ।