उर्लाबारी । १४ औँ महाधिवेसन पश्चात नेपाली कांग्रेस उर्लाबारीले संगठन विस्तारलाई प्राथमिकताका साथ अगाडी बढाउने कार्यलाई तिव्रता दिएको छ । संगठन विस्तारका क्रममा कार्यकर्ताका माँझ विभीन्न टोल पुग्दा आएका जनगुनासाहरुलाई स्थानिय नेतृत्वले सझाउने प्रयास गरीरहेको दावी गर्दै आएका छन् ।

यसैक्रममा आज काँग्रेस उर्लाबारी वडा नं.–७ ले देवीस्थान टोल समिति गठन गरेको छ । वडा सभापति मदनबाबु प्रसाईको सभापतित्व तथा प्रदेश १ का सह–महामंन्त्री खड्ग फागोको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले पुण्यप्रसाद पौडेलको सभापतित्वमा २५ सदस्यीय देवीस्थान टोल समिति गठन गरेको छ । समितिको उपसभापतिमा रत्नमान श्रेष्ठ र ईन्द्रबहादुर थापा, सचिवमा चन्द्र तामाङ, कोषाध्यक्षमा सुसन्त सुवेदी, सहसचिवमा शान्ता बस्नेत तथा सदस्यहरुमा नवराज सुवेदी, गोमा धिमाल, रिता तामाङ,विवेक बस्नेत, रिता तामाङ, सिता निरौला, सिता श्रेष्ठ, सरस्वती श्रेष्ठ लगायत रहेका छन ।

कार्यक्रममा प्रमुख अतिथी फागोसहित नगर सभापति सुरेन्द्र लिम्बु, महाधिवेसन प्रतिनिधी सिता कार्की, प्रदेश सभा सदस्य जितबहादुर खत्री तथा कार्यक्रम संयोजक पूर्ण सिङगक लिम्बु लगायतका वक्ताले टोल समिति चुनाव लक्षित नभई कांग्रेसको विधान परिच्छेद – ३ स्थानिय तह संगठनको धारा ५ अन्र्तगत संगठनलाई प्रभावकारी बनाउने उदेश्यले गठन गरीएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय