
लेटाङ । सुनसरीको धरानमा भएको किरात राई चाम्लिङ खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलनको प्रमुख अतिथि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज उद्घाटन गर्नुभएको छ ।
संविधानमा लिपिबद्ध अधिकार आन्दोलनका उपलब्धि हुन्, चिनेर कार्यान्वयन गरौं/गराऊँ, चाम्लिङ भाषालाई प्रदेश, स्थानीय तहको भाषा बनाऊँ, विद्यालयमा मातृभाषामा पठनपाठन गरौं/गराऊँ’ भन्ने नारासहित खाम्बातिमको पाँचौं राष्ट्रिय सम्मेलन फागुन २८, २९ र ३० सम्म हुने किरात राई चाम्लिङ खाम्बातिम अध्यक्ष युवराज राईले जानकारी दिनुभयो ।
कार्यक्रममा धरान उप महा नगरपालिकाका नगर प्रमुख तिलक राई, लेटाङ नगरप्रमुख शंकर राई लगायत विभिन्न जिल्ला र पालिकाहरु बाट अतिथिहरुको उपस्तिथि रहेको थियो।