उर्लाबारी । मोरङको उर्लाबारी चौकमा बृहत होली कार्यक्रम गर्ने तयारी पूरा भएको छ । न्यू सिदार्थ क्लब उर्लाबारीको आयोजनामा उर्लाबारी चौकमा शुक्रबार बृहत कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक अनिकेत कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा डिजे नेहा, गायक सुरेश धिमाल, मिलन खत्री र आश्मा दुलालको प्रस्तुति रहने अध्यक्ष दिनेश दाहालले बताउनुभयो । भब्य र सभ्य तरिकाले होली कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय