उर्लाबारी,ब्लड क्यान्सर पीडित मोरङ उर्लाबारी–४ की सपनाकुमारी विश्वकर्माको परिवारले उपचार सहयोगको अपील गरेका छन्।

आर्थिक अवस्था कमजोर रहेका विश्वकर्मा परिवारले सहयोगको लागि सबैसँग आग्रह गरेको हो।

‘दुई महिना अघिदेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत रहँदा हालसम्म पाँच लाख रुपैयाँ खर्च भइसकेको छ’ सपनाका ससुरा भानुभक्त विश्वकर्माले भने, ‘अझै २० लाख बढी खर्च हुने डाक्टरले भनेका छन्।’

कहिँ कतैबाट सहयोग प्राप्त नभए उपचार छोडेर बिचैमा घर ल्याउनु पर्ने अवस्था रहेको भानुभक्तले बताए।

२९ वर्षीया सपनाले सबैको सहयोगले आफू बाँच्न चाहेको बताइन्।

काठमाडौंमा उपचाररत उनले टेलिफोन सम्पर्कमा भनिन्, ‘म बाँच्न चाहन्छु, कृपया मलाई बचाउनुहोस्।’

सपनाको सहयोग गर्न इच्छुकले सपनाका देवर सन्तबहादुरलाई ९८१५३५७८३० मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै, सन्तबहादुर विश्वकर्माको नाममा सिद्धार्थ बैंकको खाता नम्बर ०१६१५४७५९६४ मा रकम जम्मा गर्न सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय