
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत ३५ दिने आधारभूत सिलाईकटाइ तालिमको आइतबार उद्घाटन गरिएको छ। उर्लावारी नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले तालिमको उद्घाटन गर्नुभएको हो। तालिमको उद्घाटन गर्दै उपप्रमुख भण्डारीले सम्पूर्ण महिलाहरूलाई लगनशील भएर सीप सिक्न आग्रह गर्नुभएको छ । उहाले नगरपालिकाको बजेट हो भनेर हेलचेक्राइ नगर्न सुझाव समेत दिनुभएको छ । तालिममा सरस्वती रिजाल र सञ्चित दर्जीले प्रशिक्षण दिनुहुने भएको छ । वडा नम्बर ४, ५ र ६ का ५० जना महिला सहभागी तालिममा सहभागी रहने उर्लाबारी नगरपालिका महिला महिला बालबालिका ज्येष्ठ नागरिक तथा सामाजिक विकास शाखा चन्द्रकला सुब्बाले बताउनुभयो ।