
उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीका क्रियाशिल सदस्य तारादेवी चौलागाईलाई नेपाली कांग्रेस उर्लाबारी-५ कार्यसमितीले कार्वाही गरेको छ ।
पार्टीको क्रियाशिल सदस्य चौलागाई चैत १९ गतेको राप्रपा नेपालको रतुवामाई नगरपालिकामा आयोजित कार्यक्रममा नेपाली काग्रेस परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेको पुष्टि भएपछि उनलाई कार्वहीका लागि उपल्लो तहमा सिफारिस गरीएको नेपाली कांग्रेस उर्लाबारी ५ का सभापति रोहीतबहादुर थापाले बताए ।
चौलागाईलाई पार्टीको विधान २०१७ को संसोधित परिक्षेद ९ को धारा ३४ को उपधारा १ को (क/ख/ङ) र नेपाली कांग्रेस नियमावली २०७६ को परिक्षेत १० को उपनियम २७ (च) अनुसार साधारण सदस्य समेत नरहने गरी कार्वाहीका लागि सिफारिस गरिएको वडासभापति थापाको भनाई छ ।
कार्वाहीका लागि सिफारिस गरिएको पत्रमा नेपाली कांग्रेस नगर समिती, प्रदेश (क) कार्यसमिती, क्षेत्रिय कार्यसमिती मोरङ, जिल्ला कार्यसमिती, प्रदेश कार्यसमिती र नेपाली काग्रेस केन्द्रिय कार्यसमितीलाई बोधार्थ पत्र सिफारिस गरिएको छ ।