उर्लाबारी । हरियाली बाल क्लब र थ्रि जिरो क्लबको आयोजना तथा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोगमा भएको आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शान्ति आधारभुत विद्यालय उर्लाबारी–२ ले प्रथम भएको छ ।
उर्लाबारी नगरपालिका वडा नं. २ र ३ का सामुदायिक विद्यालयबीचको प्रतियोगितामा सुनपकुवा मावि दोस्रो र सरस्वती आधारभूत विद्यालयले तेस्रो स्थान हात पारेको हाम्रा सहयोगी अनिस ढकालले जानकारी दिनुभयो । दुर्गा मावि उर्लाबारी–३ मा कार्यक्रम गरिएको उक्त कार्यक्रमको प्रथम स्थान हात पार्ने शान्ति आधारभुत विद्यालयका विद्यार्थीलाई ट्रफीसहित प्रमाणपत्र र स्टेशनरी सामग्री प्रदान गरिएको छ भने दोस्रो र तेस्रो हुने विद्यालयका विद्यार्थीलाई प्रमाण पत्र, कपी र डायरी प्रदान गरिएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रतिनिधि जीत योङ्हाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम यामकुमार बस्नेतको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय