
उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित श्रीसगरमाथा साकोसको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको छ ।
उर्लाबारी रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन भएको अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिनुभयो । रगत अभावको कारण कसैको मृत्यु नहोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरेको उहाँको भनाई छ । सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।