
उर्लाबारी । नेकपा माओवादी केन्द्रनिकट स्वास्थ्यकर्मीहरु एकजुट भएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा लिम्बू (कुशल) को प्रमुख आतिथ्यतामा भएको भेलाले विनोद नेपालीको अध्यक्षतामा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ उर्लाबारी गठन भएको छ । जसको सचिबमा मञ्जु राई , सहसचिबमा सुरज गौतम र कोषाध्यक्षमा निर्मला खड्का रहनुभएको छ । सदस्यहरुमा डेन्जु राई, संगीता गजमेर, दिपिका श्रेष्ठ, कामना गौतम र सरस्वती मैनाली रहनुभएको छ ।