
उर्लाबारी । सिद्देश्वर शिवबाबा धाम उर्लाबारी–६ को अध्यक्षमा गजेन्द्र दंगाल सर्वसम्मत चयन हुनुभएको छ ।
धामको दोस्रो चुनावी साधारणसभाले उर्लाबारी–६ निवासी सामाजिक एबं राजनीतिक ब्यक्तित्व दंगाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको सचिबमा ढुण्डुरनज भट्टराई, सह–सचिबमा बिष्णु कार्की र कोषाध्यक्षमा केन्द्रबहादुर निरौला रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा देबी कार्की, सिता ढुंगाना, ताराकुमारी कार्की, सीता भण्डारी, अम्बिका खड्का, चन्द्रशोभा सापकोटा, ज्ञानेन्द्र खड्का, मानबहादुर कार्की, पुनम भण्डारी र उमादेवी दाहाल रहनुभएको छ । त्यस्तै, लेखा समिति संयोजकमा मेघराज भट्ट रहनुभएको छ । उपाध्यक्षमा भने दुई जनाको दाबी परेको छ ।