
उर्लाबारी । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल नेपाल) को मोरङ इन्चार्ज दिपक आले मगर हुनुभएको छ । वाइसिएलको केन्द्रीय दोस्रो भेला पछिको सांगठनिक भेलाले उहाँलाई इन्चार्ज बनाउने निर्णय गरेको हो । वाइसिएल नेपालको केन्द्रीय सदस्यसमेत रहनु भएका मगरलाई इन्चार्जको जिम्मेवारी दिएको छ । माओवादी केन्द्रका उर्लाबारी नगर कमिटीको सह–सचिव समेत रहनुभएका मगर यसअघि वाइसिएल नेपालको निर्वाचन आयोग र अनुशासन समितिको केन्द्रीय सदस्य समेत भइसक्नुभएको छ । स्थानीय निर्वाचनमा वडाध्यक्ष र वडा सदस्यको उम्मेदवार बन्नु भएका मगरले युवाहरुलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता जाहेर गर्नुभएको छ । मोरङ इन्चार्जको जिम्मेवारी पाउनु भएका मगरले मंसिर ४ गते हुने निर्वाचन केन्द्रीत अभियानमा होमिन वाइसिएल नेपालमा आबद्धहरुलाई निर्देशन दिनुभएको छ ।