ADVERTISEMENT

उर्लाबारी । मोरङको उर्लाबारीमा स्थापना भएको युवा प्रतिभा प्रस्फूटन प्रोत्साहन अक्षयकोषबाट दुई जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ ।
आइतबार उर्लाबारी–२ को सुनझोडा माध्यमिक विद्यालयका दुई जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो । सो विद्यालयको कक्षा १० का प्रथम छात्र सन्देश बुढाथोकीलाई दश हजार र कक्षा ८ का प्रथम छात्रा सृष्टि बिष्टलाई आठ हजार नगद छात्रबृत्ति स्वरुप प्रदान गरिएको कोषका संयोजक रुद्रबहादुर तामाङले जानकारी दिनुभयो । छात्रबृत्ति मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एबं नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र कोषकी बानु सुब्बाले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।


आर्थिक रुपमा पछाडि भएका र पारिएका जेहेनदार तथा अनुशासित विद्यार्थीहरुलाई उच्च शिक्षा हाँसिल गर्न मार्ग निर्माण गर्ने मुख्य उद्देश्यले उक्त कोषको स्थापना गरिएको संयोजक तामाङ्गले जानकारी दिनुभयो । यस्तै अबको आधुनिक विश्व परिवेश बुझ्न,जुध्न र स्वास्थ्य प्रतिस्पर्धा गर्न सक्षम अनुसरणयोग्य नागरिक उत्पादनमा सहयोग पुर्याउने,जेहेनदार तथा सिर्जनशील विद्यार्थीहरु आर्थिक अभावकै कारण उच्च शिक्षा प्राप्त गर्न बञ्चित हुन नपरोस् भन्ने सन्देश प्रवाह गर्नेसदेशमा आवश्यक पर्ने प्राविधिक विज्ञहरु उत्पादन गरि देश विकासमा टेवा पुर्याउने लगायतका उद्देश्यहरु रहेको उहाँको भनाई छ ।
पहिलो चरण अन्तर्गत उर्लाबारी वडा नं.२ स्थित सुनझोडा माध्यमिक सुरुवात भएको र अन्य उर्लाबारीका सामुदायिक विद्यालयमा पनि अभियान सञ्चालन हुने उहाँको भनाई छ । उक्त कोष सञ्चालनका लागि हालसम्म ८ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु