उर्लाबारी । उर्लाबारी–६ स्थित जय बजरङवली बचत तथा ऋण सहकारी संस्थाले प्रदेश साँसद शोभा चेम्जोङ पालुङ्वालाई सम्मान गरेको छ ।
सम्मान ग्रहण गर्दै चेम्जोङले राष्ट्रको तीन खम्बे अर्थनीति मध्ये सहकारी एउटा बलियो खम्बा भएको धारणा राख्नुभयो । उहाँले मर्ज गरेर अगाडि बढेमा सहकारी बलियो हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । सम्मानित साँसद चेम्जोङ सो संस्थाकी पूर्व सह–सचिव तथा प्रकाशित स्मारिकाकी सम्पादक हुनुहुन्छ । सोही अवसरमा उर्लाबारी नगरपालिका वडा नं.६ की महिला सदस्य दुर्गावती लिम्बुलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय