
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ४ मा अवस्थित सृजना आधारभुत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा केदार चौहान चयन हुनुभएको छ । आज बसेको विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकबाट चौहान अध्यक्षमा चयन हुनुभएको हो ।
उर्लाबारी–४ निवासी चौहान लामो समयदेखी पत्रकारिता क्षेत्रमा क्रियाशिल समेत हुनुहुन्छ । उहाँ उर्लाबारीबाट प्रकाशित हुने राष्ट्रिय समाचार पत्र दैनिकको सम्पादक समेत हुनुहुन्छ ।
समितिको सदस्यहरुमा सिमा सापकोटा, कमली धिमाल, मथुरा सुवेदी, अम्किा निरौला, राजकुमार दाहाल, प्रधानाध्यापक मणिराज दाहाल सदस्य सचिव, शिक्षक प्रतिनिधिबाट निर्मला रसाईली रहनुभएको छ । अध्यक्ष चौहानले विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिमा लागिपर्ने बताउनुभएको छ ।