उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–५ मा अवस्थित अरनिको हस्पिटलमा डा. भुवन थापाले सेवा प्रदान गर्न थाल्नुभएको छ ।
हस्पिटलमा डा. थापाले ईण्डोस्कोपी सेवा प्रदान गर्न थाल्नुभएको हो । थापाले एमबीबीएस नोबेल मेडिकल कलेज र एमडी विराट मेडिकल कलेजबाट गर्नुभएको छ । डा. थापाले फोक्सो तथा श्वासप्रश्वास सम्बन्धि रोग, मुटु सम्बन्धि रोग, थाइराइड ग्रन्थीको रोग, मधुमेह, कलेजो, पेट तथा आन्द्रा, नसा तथा टाउकोलगायतको रोग सम्बन्धि उपचार तथा परामर्श सेवा प्रदान गर्नुहुनेछ । समाजमा ब्याप्त स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्ने र निरोगी समाज निर्माणको अभियानमा निरन्तर लागि पर्ने डा. थापाको भनाई छ ।
मोरङमा विराटनगरबाहिर पहिलो पटक अरनिको हस्पिटलमा ईण्डोस्कोपी सेवाको सुरवात गरिएको थियो । यो सेवा सुरुवात भएपछि पूर्वी मोरङसहित दक्षिणी इलाम, धनकुटा र झापाका विरामीहरु लाभान्वित भएको हस्पिटलका अध्यक्ष लोलिम पोमुले बताउनुभयो । डा. थापाका अनुसार ईण्डोस्कोपीबाट पेट तथा आन्द्राको ट्युमर र क्यान्सर, अन्ननली र आन्द्रा साँघुरिएको, अल्सर, आन्द्रा अवरोध, अन्ननलीमा रक्तनली सुन्निएको लगायतका रोगको पहिचान हुनेछ । २०७० सालमा स्थापना भएको सो हस्पिटलले आकस्मिक सेवा, विशेषज्ञ डाक्टरबाट ओपिडि सेवा, हाडजोर्नी, फिजिसियन, रेडियोलोजिष्ट, सर्जन, वालरोग, महिला, छालारोग, नाक कान घाँटी, ,आमा सुरक्षा कार्यक्रम, फिजियोथेरापीलगायतको सेवा रहेको छ । सो हस्पिटलले स्थानीय सरकारको सिफारिसमा गरिव तथा बिपन्न वर्गका विरामीलाई निःशुल्क उपचार सेवा समेत दिँदै आएको छ भने बिमा कार्यक्रम पनि लागु रहेको छ । हस्पिटलमा दैनिक ४ सय बढीले स्वास्थ्य सेवा लिँदै आएको जनाइएको छ । हस्पिटलमा विशेषज्ञ डाक्टरसहित ८० जना कर्मचारीहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय