
उर्लाबारी । उर्लाबारी नगरपालिकाको ९ औँ नगरसभा शुक्रबारबाट सुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथि मोरङ्ग क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बूलाई ढाका टोपीसहित दोसल्ला ओढाएर नगर प्रमुख गंगाप्रसाद खरेलले स्वागत तथा सम्मान गर्नुभएको छ ।
नगरसभाको बैठकमा अनुगमन समिति संयोजक तथा उपप्रमुख मीना खतिवडा पौडेलले पनि आफ्ना धारणा राख्नुभयो । नगरपालिकाको सभाहलमा आयोजित उक्त सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नगरसभामा चालू आर्थिक वर्ष २०७९ र ०८० मा सञ्चालन भइरहेको योजना र विकास निर्माण कार्यबारे छलफल हुने भएको छ । यस्तै नगरसभामा विभिन्न एजेण्डा र ऐनहरुमा समेत छलफल हुने नगर प्रवक्ता भिष्मराज बुढाथोकीले जानकारी दिनुभयो । नगरसभा पुष २९ गतेबाट सुरु भइ माघ ११ र १५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।