
उर्लाबारी । मोबाइल एण्ड इलेक्ट्रोनिक्स ब्यवसायी संघ उर्लाबारीको अध्यक्षमा योगराज कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
संघको उपाध्यक्षमा मनिश भण्डारी, सचिबमा भीमप्रसाद घिमिरे, सहसचिबमा सन्तोष बराल र कोषाध्यक्षमा मेघराज कुटवाल रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा प्रदिप काफ्ले, रामबाबु ठाकुर, घनश्याम कट्टेल, निर्जल श्रेष्ठ, दिनेश परियार, राजेन्द्र श्रेष्ठ, गोविन्द धमला र अभय नेपाल रहनुभएको छ । सल्लाहकारहरुमा नरेश नेपाल पवन बाइवा र शिव प्रधान रहनु भएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।