उर्लाबारी । किरात राई यायोक्खा उर्लाबारीको सातौं अधिवेशन तथा २१ औं साधारणसभाले भिमबहादुर राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
समितिको उपाध्यक्षमा मणिदेवान राई,नारायण चाम्लिङ राई, शान्ता राई, सचिवमा लक्ष्मीप्रसाद राई, सहसचिवमा लिला राई, कोषाध्यक्षमा मनु राई र सह–कोषाध्यक्षमा प्रभु राई सर्वसम्मत चयन हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा युगयोगी राई, मालती राई, धनबहादुर राई, भिमकुमारी राई, निर्मला राई, कर्णबहादुर राई, भिमप्रसाद कुलुङ राई, नरेन्द्र राई, सुमन राई, जगतबहादुर राई र चन्द्रबहादुर राई सर्वसम्मत चयन भएको निवर्तमान कोषाध्यक्ष नुतनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय