उर्लाबारी । नेपाल रेडक्रस सोसाईटी उपशाखा उर्लाबारीले सर्पदंश उपचार सेवा सुरु गर्ने भएको छ ।
उर्लाबारी–४ मा सर्पदंश उपचार सेवा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको उर्लाबारी उपशाखाका सभापति मदनबाबु प्रसाईले जानकारी दिनुभयो । सुविधासम्पन्न भवन निर्माण, आवश्यक सामाग्रीको ब्यवस्थापन तथा जनशक्ति तयार भइसकेको कारण चाँडै सर्पदंश उपचार सेवा सुरु गर्ने सभापति प्रसाईको भनाई छ ।

सर्पदंशका बिरामीहरुले समयमै उपचार नपाएर अकालमै मृत्यु नहोस् भन्ने हेतुले उर्लाबारीमै सर्पदंश उपचार सेवा सञ्चालन गर्ने जमर्को गरेको सभापति प्रसाईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय