उर्लाबारी । नेपाली कांग्रेस भातृ सङ्गठन नेपाल विद्यार्थी संघबाट अर्बिन घिमिरेले उर्लाबारी बहुमुखी क्याम्स स्ववियु सभापतिको उम्मेद्वार बन्ने आकांक्षा ब्यक्त गर्नुभएको छ ।
आज पूर्वी कमाण्ड मिडियासँग कुराकानी गर्दै आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आफु सभापतिको उम्मेद्वार बन्ने बताउनुभएको हो । विद्यार्थीहरुको तमाम समस्यालाई अन्त्य गर्ने अठोटका साथ उहाँले उम्मेदवारी दिने बताउनु भएको छ । अब विद्यार्थीहरुको समस्या पार्टी र कुन संगठनमा आवद्ध छ भनेर हैन निष्पक्ष रुपमा समाधानको बाटो अपनाउनु पर्ने उहाँको भनाई छ । निरन्तर विद्यार्थीहरुको हकहितमा काम गर्दै आउनु भएका घिमिरेले अबका दिनमा विद्यार्थीको समस्या पार्टीगत हैन हरेक विद्यार्थीले आफ्नो समस्या आफैं प्रशासन समक्ष राख्न सक्ने ब्यवस्था निर्माणका लागि आफ्नो उम्मेद्वारी रहने घिमिरेको दाबी छ ।























