
दमक । झापाको दमकमा रहेको नमूना युनिक सेक्स सलोन तालिम केन्द्र (पार्लर) को ४५ जनालाई सीप सिकाएको छ ।
लिड नेपाल झापाको कार्यालयमा एक कार्यक्रमका बीच तालिम सिकेका महिलाहरुलाई प्रमाणपत्र वितरण गरेको हो । नारी महिला दिवस शुभकामनासहित सहभागीहरुलाई प्रमाणपत्रसहित सीपलाई सही सदुपयोग गर्न आग्रह गरिएको छ । समुदायको दिगो विकास तथा दैनिक जीवन चलाउन सहज होस् भन्ने हेतुले तालिम दिएको छ । समान्ता र समाबेशीसहित महिला तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसहितलाई पार्लरको बेसिक कोर्स निःशुल्क दिएको छ । कार्यक्रममा दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख केशब प्रसाईं, आरोही बस्नेत, नुमा लिम्बू (चन्चला) को उपस्थिति रहेको थियो । पार्लरका संयोजक सुशील पौडेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।