
उर्लाबारी । मोरङको उर्लाबारीका सामाजिक व्यक्तित्व विनोद न्यौपानेले आफ्ना पितामाताको नाममा स्थापना गर्नुभएको खगेन्द्रप्रसाद पद्म रत्न न्यौपाने छात्रवृत्ति १५ जना विद्यार्थीलाई प्रदान गरिएको छ ।
दमक–१० स्थित सिंहदेवी माविमा स्थापना गरिएको छात्रवृत्ति बुधबार एक कार्यक्रम गरी प्रदान गरिएको हो । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, छात्रवृत्ति कोष दाता विनोद न्यौपानेलगायतले वितरण गर्नुभयो । गत वर्ष एसइईमा प्रथम हुने शिलत शिवा, कक्षा १२ मा प्रथम हुने उमेश न्यौपाने, कक्षा ११ का सायना खनाल, चन्द्रदीप मगर, सृष्टि दाहाल, अस्मिता बुढाथोकी, कक्षा १२ का सन्जोग लिम्बू, निर्जला दुलाल, एलिसा बुढाथोकी, सज्जल कालाखेती, सविन तामाङ, अंशु खत्री, युनिषा बस्नेत, सरस्वती धमला र अनुसा नेम्बाङलाई छात्रवृत्ति प्रदान गरिएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई ४९ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको छ । २०६७ सालदेखि निरन्तर यो छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।