उर्लाबारी । उर्लाबारी नगरपालिका–५ ले वडाभित्रका विपन्न दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै सामाजिक समावेशिता र शैक्षिक पहुँच विस्तारतर्फ उदाहरणीय पहल गरेको छ।
वडाले टोल विकास समितिमार्फत छनोट गरेका ३० जना दलित विद्यार्थीलाई कापी, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडा सदस्य तथा कार्यक्रम संयोजक रामकुमारी विकले सामग्री वितरण गरिएको जानकारी दिएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष रविन लामा, वडा सदस्यहरू सुरेश आचार्य, देविकला राई, बिनोद धिमाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले दलित समुदायका बालबालिकाको पठन–पाठनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीयवासीहरूका अनुसार यस्तो प्रकारका कार्यक्रमले शैक्षिक क्षेत्रमा समान अवसरको सुनिश्चितता दिलाउँदै समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय