
उर्लाबारी / नेपाली कांग्रेसको शुभेच्छुक सस्था ‘बिपि अध्ययन प्रतिष्ठान’ उर्लाबारी नगर समितीले अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष सोमप्रसाद तिम्सिनाको अध्यक्षतामा आयोजित ‘नेतृत्व, स्थानिय जनप्रतिनिधी एवम कार्यकर्ता बिच अन्तरक्रिया’ कार्यक्रम सम्पन्न् गरेको हो ।
कार्यक्रममा कार्यकर्ताहरुले बर्तमान अवस्थामा आम सर्वसाधरण जनतामा पार्टीप्रति बढ्दो बितृष्णा, पार्टीभित्रको गुटबन्दी, अवसवाद र स्थानिय सरकारले जनताको ढाड सेक्ने गरी भुमीमाथी थुपरेको करका विषयमा पार्टी र नेपाली कांग्रेसबाट जितेर गएका बडाध्यक्ष र अन्य सदस्यहरुले कर न्युनिकरणका लागि खेलेका भुमिकामाथी खरो आवाज उठाएका थिए ।
विषेश गरी कार्यकर्ताहरुले उर्लाबारी नगरपालिकाले भुमी माथी थुपरेको कर अवैज्ञानिक र जनतामारा हुदा पनि पार्टी र कांग्रेसका जनप्रतिनिधीले कर घटाएर जनमुखी काम गर्ने अवसर गुमाएको औल्याएका थिए, भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीले एकै स्वरमा जवाफ दिदै करका विषयमा पटक–पटक कार्यपालिकामा आवाज उठाएपनि बहुमतको आडमा आफ्नो आवाज सुनुवाई नभएको जवाफ दिए।
‘बरु उल्टै बहुमतको स्वरले बेच्ने बेलामा त होनी अरु बेला कर तिर्न परेको छैन त भन्दै हाम्रो आवाजलाई बहुमत कार्यपालिकाले दबाईएको दुखेसो पोखे’
उर्लाबारी नगरपालिकामा २०७९ को निर्वाचनबाट ४ वडाअध्यक्ष सहित २३ जना जनप्रतिनिधी निर्वांचित भएर गएका छन् ।
अन्तरक्रिया कार्यक्रम नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोको प्रमुख आथिथ्यतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अथिती फागोले स्थानिय सरकारले गर्ने विकास निर्माण र योजना तथा कार्यक्रम आम सर्वसाधरणको उथ्थान हुने गरी तयार गरिनुपर्ने र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले त्यस खाले कार्यक्रम निर्माण गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य अर्जुन तुम्रोक, नेपाली कांग्रेस मोरङ १ (१) का सभापति एवम वडा नम्वर–९ का वडाध्यक्ष नर बहादुर मोक्तान, नगर सभापति सुरेन्द्र लिम्बु, वडा नम्वर–४ वडाध्यक्ष कल्याण कुमार राई लगाएतका नेताहरुले कार्यकर्ताले उठाएका प्रश्नहरुको अवाफ दिएका थिए ।
कार्यक्रमको स्वागत मनतव्य प्रतिष्ठानकी महिला उपाध्यक्ष मेनुका लुईटेलले गर्नुभएको थियो भने कार्यक्रम सचिव रेवत सुवेदिले संचालन गर्नुभएको थियो । कार्यक्रम उर्लाबारी–७ स्थित दुर्गा मन्दिरको सभाहलमा सम्पन्न भएको थियो