
पथरी शनिश्चरे,दोस्रो पथरी शनिश्चरे नगर महोत्सव अन्तर्गत महिला फुटबलको उपाधि पथरी ११ एफ.सी.ले जितेको छ ।
आज भएको महिला फुटबल प्रतियोगितामा न्यू स्टार एफ.सी. किर्तिपुरलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधि माथि पथरी ११ एफ.सी. हाबी भएको हो ।
खेलको पहिलो हाफको २० मिनेटमा पथरी एफ.सी.का मनिशा लम्जेलले सुन्दर गोल गरिन् । सोही गोल नै पथरी ११ का लागि जितको पर्याप्त बन्यो । खेलमा म्यान अफ दि म्याच पथरी ११ की केरेन लिम्बु घोषित भइन् ।