
पथरीशनिश्चरे, पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सोमबार चुक्मा मुक्कुम्लुङ सेवा सांगीतिक कार्यक्रम भएको छ ।
वडाको सिरिजंगा स्पोटिङ क्लब र चुक्मा मुक्कुम्लुङ सेवा समितिको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेस सभासद मानबहादुर लिम्बु, विशिष्ट अथिति वडा नं. ३ का वडाध्यक्ष बिजय लिम्बु, वडाका जनप्रतिनिधिहरु, स्थानीय समाजसेवी लगायत उपस्थित थिए । कार्यक्रममा कलकारहरु मौलिक लिम्बु पालाम गायिका कर्मिला आङ्देम्बे, दुर्गा तुम्सा, गायक नन्दु गुरुङ, राज शुक्र लिम्बु, ताराविर पान्डे लगायतले आ–आफ्नो प्रस्तुति दिए । यसैगरी मौलिक नृत्य साकेला र केलाङ समेत झाकी पनि प्रस्तुत गरिएको थियो ।