उर्लाबारी । खुद्रा व्यापार संघ उर्लाबारीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन्। संघको २०औं वार्षिक तथा १०औं चुनावी साधारणसभाबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षमा कुमार सुब्बा, सचिवमा गोपाल पोख्रेल, सह–सचिवमा सुरज चौधरी र कोषाध्यक्षमा भावना श्रेष्ठ चयन भए।
कार्यसमितिमा सुवास खड्का, सुरेश गोस्वामी, सुभद्रा निरौला, सन्तोष पौद्दार, शान्ता ढकाल, अनुरोध गोस्वामी, युवराज तामाङ र वासुदेव संग्रौला सदस्य छन्। उद्घाटन कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको नगर प्रमुखको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय