उर्लाबारी / उर्लाबारी र मधुमल्लाका लायन्स क्लबहरुको सयुत्त पदस्थापन कार्यक्रम उर्लाबारी -७ स्थित उर्लाबारी पार्टी प्यालेसमा भब्य रूपमा सम्पन्न गरिएको छ ।
उर्लाबारीका लायन्स क्लब अफ उर्लाबारी , लायन्स क्लब अफ आस्था र लायन्स क्लब अफ ईष्ट्रन मोरङ एवं मिक्लाजुङ को लायन्स क्लब अफ मधुमल्लाको आगामी कार्यकाल (२०२५/२०२६ ) का लागि क्लबका डिष्टिक गभर्नर बबरजंग थापाले मातहतका क्लब हरुको पदस्थापन गराउनु भएको थियो । उर्लाबारी लायन्स का पवन अग्रवालले पृयस वाहेतीलाई , ईष्ट्रन मोरङका अर्जुन नेउपानेले बेदनिदी तिम्सिनालाई र आस्था क्लबमा सबिता धिमाललाई एवं मधुमल्ला लायन्समा प्रेमराज नेपालले सन्तोष गौतमलाई कार्यभार सुम्पिएका थिए । सो कार्यक्रममा क्लबका पुर्व गभर्नर एवं पदाधिकारी , लायन्स लिडर एव स्थानीय संघ संस्था, सुरक्षा निकायका प्रमुख एवं सञ्चारकर्मी हरुको उपस्थिति रहेकोे थियो । विश्व भर नै सामाजिक कार्यको अग्रणी संस्थाको रूपमा चिनिएको क्लबहरुले सयुक्त्त रूपमा गरिएको कार्यक्रम बाट खर्चको मितब्यताका साथै सामाजिक कार्यमा लाग्न थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ ।























