उर्लाबारी । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा शनिबार देशभरमा प्रतिनिधी छनौट हुँदैछ । सहमति भएका स्थानमा निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि छानिँदैछन् ।
यसैक्रममा मोरङ क्षेत्र नम्बर–१ बाट युवा भूगोल तर्फबाट नितम चौहानले महाधिवेशन प्रतिनिधिको उम्मेदवारीलाई सशक्त रूपमा अघि बढाउनुभएको छ । पार्टीभित्र सक्रिय, अनुशासित र सम्भावनापूर्ण युवा नेताको रूपमा चिनिँदै आउनु भएका चौहानलाई यसपटक ठूलो समर्थनसहित महाधिवेशन प्रतिनिधिमा चयन गरिने अपेक्षा गरिएको छ ।
युवा संघ उर्लाबारीका अध्यक्षसमेत रहनुभएका चौहान लामो समयदेखि पार्टी संगठन विस्तार, युवा परिचालन र सामाजिक गतिविधिमा अग्रणी भूमिकामा रहँदै आउनुभएको छ । स्थानीय हरेक अभियानमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका उहाँको योगदानले उहाँलाई क्षेत्रका कार्यकर्ता तथा युवामाझ लोकप्रिय बनाएको छ । समस्त पार्टी सदस्य, नेता–कार्यकर्तालाई अत्याधिक मत दिई विजयी गराउन उहाँले हार्दिक अपिल गर्नुभएको छ । उहाँ जस्तै ऊर्जाशील, दृष्टि र क्षमतायुक्त युवा नेतृत्वले पार्टीलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरिएको छ । पार्टी संगठन सेरोफेरोमा चौहानलाई नयाँ पुस्ताको प्रतिनिधि मानिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय