उर्लाबारी । दुर्गाकुमारी तामाङ मोरङ जिल्लाको उर्लाबारी–५ निवासी एक सक्रिय सामाजिक अभियन्ता तथा राजनीतिज्ञ हुनुहुन्छ । उहाँका बुवा गुमानसिं तामाङ र आमा मैया तामाङ हुनुहुन्छ । समाजसेवालाई जीवनको मूल ध्येय बनाउनुभएकी तामाङले लामो समयदेखि निरन्तर सामाजिक कार्य गर्दै आउनुभएको छ ।
उहाँले महिला सशक्तिकरण, विपन्न समुदायको सहयोग, शिक्षा र स्वास्थ्य सचेतनाजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ । समाजमा परेका समस्या समाधानका लागि प्रत्यक्ष रूपमा जनताको घरदैलोमा पुग्ने शैलीका कारण उहाँ स्थानीय बासिन्दामाझ लोकप्रिय हुनुहुन्छ ।
तामाङ हाल राष्ट्रिय परिवर्तन पार्टी मोरङकी संयोजक हुनुहुन्छ । पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा वैचारिक अभियानमा उहाँको सक्रियता उल्लेखनीय मानिन्छ । ऊर्जा क्षेत्रका प्रख्यात व्यवस्थापक कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग एकतापछि उहाँ मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बन्नुभएको छ । उहाँको चुनाव चिन्ह “बाँसुरी” रहेको छ । अहिले मोरङ क्षेत्र नं. १ मा उहाँको घरदैलो अभियान व्यापक रूपमा सञ्चालन भइरहेको छ । गाउँ–टोलमा पुगेर जनताका समस्या सुन्ने, समाधानका प्रतिबद्धता व्यक्त गर्ने र जनताको हितमा समर्पित रहने प्रतिवद्धता उहाँले दोहो¥याउँदै आउनुभएको छ । तामाङको मूल नारा जनताको सेवा र समृद्धि हो । सामाजिक सेवाबाट सुरु भएको उहाँको यात्रा अहिले संसदीय राजनीतिमा प्रवेश गरेको छ । जनताको अधिकार, समान अवसर र विकासको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धतासहित उहाँ चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय