२५ माघ मंगलबार २०७८ । तदनुसार ८,फेब्रुवरी २०२२। माघशुक्लपक्ष सप्तमी तिथि, आजको दिनलाई रथ,अचला सप्तमी भनिन्छ।

भरणी नक्षत्र, शुक्ल योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ६ः४९ मा भएकाे छ भने सूर्यास्त ५ बजे ४९ मा हुनेछ ।

मंगलबारका दिन गणेश र हुनमानको आरधना गर्ने दिन हो । आज दिउँसो ३ :०४ देखस ४ः२७ सम्म राहुकाल रहेको छ । आजको देवता पार्वती र ग्रहदेव चन्द्र रहेको छ । मंगलबार समय मिलाएर गणेशको प्राथना र गणेश मन्दिरको यात्रा गर्दा मनमा प्रसन्नता छाउने छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति र आर्थिक आय हुनेछ । चन्द्रमाको समेत साथ भएकाले आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन अध्ययनअध्यापनमा रुचि कम र मनमा चिन्ता छाउनेछ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुन सक्नेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन मिथुन राशिका जातकले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा कामसमेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंका लागि आजको दिन अनुकल देखिन्छ । धन प्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईंप्रति राग राख्ने मित्रसमेतसम्मानका शब्द प्रयोग गर्नेछन् । परिवारका सदस्यबीच सुमधुरता बढ्ने छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईंले घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दूरीको यात्रा पनि नगर्दा बेस हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मानसम्मानसमेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्यालाई फलफूल उपहार दिनुभयो भने मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन समय त्यति अनुकुल देखिँदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । तपाईंले सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट लाभ हुनेछ । घरबाट बाहिर निस्कदा जेष्ठ सदस्यलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : काममा सफलता मिल्नेछ । तपाईंलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । कसैसँग विवाद हुने काम नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएकै स्थानमा रहेको मठमन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ । आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईंलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईंले सोचअनुसारको काममा कठिनाई हुनेछ । व्यापारमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलबारका दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यबीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार व्यवसायबाट नसोचेको फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ । अध्ययन अध्यापनमा मन जानेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय