विवेक न्यौपाने,पथरीशनिश्चरे 
दोस्रो पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधि द रियल ब्रदर्श फुटबल क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा न्यू स्टार फुटबल क्लबलाई १ का विरुद्व २ गोल गर्दै रियलले उपाधि हात पारेको हो । खेलको पहिलो हाफको इन्जुरी समयमा न्यू स्टारले अग्रता लिएता पनि सो अग्रता जोगाउन नसक्दा न्यू स्टार हार वेहोर्न वाध्य भयो । न्यू स्टारका लागी सन्देश केसीले गोल गरेका थिए ।
खेललाई बराबरीमा ल्याउने क्रममा रियल ब्रदर्शका समिर याख्खाले ४६ औँ मिनेटमा गोल गरेका हुन् । खेलमा बराबरी गरेको २ मिनेट वित्न नपाउदै रियलका लागी अंकित लिम्बूले हेड मार्फत उत्कृष्ट गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको २८ औँ मिनेटमा न्यू स्टारले पेनाल्टी प्रहारको अवसर पाए पनि टिम कप्तान सुरेन्द्र आङ्देम्बे गोल गर्नबाट चुकेका थिए ।
आज सम्पन्न फाइनल खेलको मेन अफ द म्याच विजेता टिमका विशाल पाण्डे घोषित हुदैँ नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगीताको विजेता द रियल ब्रदर्शले नगद २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता न्यू स्टारले १ लाख ५१ हजारमा चित्त बुझाएको छ ।
प्रतियोगीताको सर्वोउत्कृष्ट खेलाडी रियलका धिरेन विष्ट घोषित भए । प्रतियोगीताको उत्कृष्ट डिफेन्स रियलका दिलिप धिमाल, उत्कृष्ट फर्वाड रियल कै अंकित लिम्बू बने भने उत्कृष्ट गोल रक्षकको उपाधि रियलका रोजन धिमालले पाए । त्यस्तै उत्कृष्ट मिड फिल्डर न्यूस्टारका दिपेन माझि भए । प्रतियोगीतामा सर्वाधिक गोलकर्ता न्यू स्टारका जुनियर साँवा बने । प्रतियोगीताको उदयमान खेलाडि शिखर एफसिका गोल रक्षक समिर कट्वाल भए भने उत्कृष्ट प्रशिक्षक विजेता टिमका प्रशिक्षक सागर कार्की बने । प्रतियोगीताको फेयर प्ले टिमको उपाधि भने सिरिजङ्गा एफसिले पाएको छ । विधागत पुरस्कार राशि ७ हजार ५ सय रुपैयाँ रहेको थियो भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १२ हजार ५ सय रुपैयाँ प्राप्त गरे । यस्तै फेयर प्ले टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
लिगमा वाइजिएफटि, शिखर फुटबल क्लब, टेन नवोदय, वाइएफसि, देविगञ्ज फुटबल क्लब, न्यू स्टार फुटबल क्लब, द रियल ब्रदर फुटबल क्लब र सिरिजङ्गा फुटबल क्लबको सहभागीता रहेको थियो ।
प्रतियोगीताका सम्पूर्ण सहभागी टिमहरुमा अक्सनमार्फत खेलाडि अनुबन्धित गरिएको हो । अक्सनबाट खेलाडि अनुवन्धित गरी खेलाडिलाई व्यवसायीक वनाउने उद्वेश्यले मोफसलमा आयोजना गरिएको यो प्रतियोगिताले खेल र खेलाडिको विकासमा महत्वपूर्ण भूमिका रहेको आयोजकको दावी छ ।
प्रतियोगीताको फाइनल खेलको औपचारीक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले गर्नुभएको थियो ।
प्रतियोगिताको टाइटल स्पोन्सर इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गरेको हो भने प्रतियोगिताको मुख्य सहयोगी पथरीशनिश्चरे नगरपालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय