मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ र दृष्टि आई केयर बिर्तामोडको आयोजनामा मिक्लाजुङमा निःशुल्क एक दिने आँखा, नाक, कान तथा घंटीका बिरामीहरूलाई स्वास्थ्य शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय बासिन्दाहरूको दृष्टि स्वास्थ्य सुधार र प्रारम्भिक उपचारमा सहयोग पु-याउने उद्देश्यले शिबिरको आयोजना गरिएको र शिविरमा उल्लेखमात्रामा स्थानीयको सहभागिता रहेको थियो।
वडा अध्यक्ष पूर्ण ब. कुँवर (प्रवेश) का अनुसार शिविरमा १६२ जनाको आँखाको परीक्षण गरिनुका साथै आवश्यक परामर्श, औषधि तथा चस्मा वितरण गरिएको थियो। परीक्षणका क्रममा १२ जना बिरामीको आँखामा अपरेशन आवश्यक देखिएकाले ती बिरामीलाई अस्पतालसम्म लैजान र ल्याउन वडा कार्यालयले निःशुल्क यातायात सुविधा उपलब्ध गराएको हो।
अध्यक्ष कुँवरले यस्ता शिविरले गाउँमा दृष्टि सम्बन्धी समस्या पहिचान र समयमै उपचारमा सहयोग पुग्ने बताउनुभयो। उहाँले भविष्यमा पनि यस्तै निःशुल्क स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्दै जनस्वास्थ्यमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्वास्थ्य शिबिरमा दृष्टि आई केयर प्रा. लि. बिर्तामोड झापाले प्राविधिक सहयोगमा सम्पन्न भएको थियोे ।
शिविरमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सामुदायिक अगुवा र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय