उर्लाबारी । मिस एसईई २०२४ को उपाधि मोरङको उर्लाबारीकी १६ बर्षीया रुमा निरौलाले जितेकी छिन् । फाइनल राउण्डमा ११ जना प्रतिष्पर्धीहरुलाई पराजित गर्दै निरौलाले मिस एसईई २०२४ को उपाधि जितेकी हुन् । उर्लाबारी–७ निवासी निरौला राधिका माध्यमिक विद्यालय उर्लाबारी–६ बाट यस बर्ष एसईई दिएकी थिइन् । मिस एसईई २०२४ को ताज जित्नु भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट उत्तर दिँदै उनले उपाधि जितिन् । उपाधिसँगै निरौलाले कक्षा ११ मा पूर्ण निःशुल्क पढ्ने अवसर पाएकी छिन् ।
त्यस्तै, फष्ट रनरअप उर्लाबारीकै विनिता खड्का भइन् । राधिका माबिबाटै एसईई दिएकी खड्काले पनि कक्षा ११ मा पूर्ण निःशुल्क पढ्ने अवसर पाएकी छिन् । त्यस्तै, सेकेण्ड रनरअप उर्लाबारी–७ कै निकिता कटुवाल भइन् । पशुपति आमाबिबाट एसईई दिएकी उनले पनि कक्षा ११ मा पूर्ण निःशुल्क पढ्न पाउने भएकी छिन् । फाइडल राउण्डमा रोशन श्रेष्ठ, शान्ति पाख्रिन, गगनमान श्रेष्ठ, सुजता कार्की र ज्ञानेन्द्र सुनार निर्णायक रहनुभएको थियो । उर्लाबारीथित ब्लुम डिजिटल स्टूडियोको आयोजनामा भएको उक्त प्रतियोगिताको ब्यवस्थापन सेन्ट्रल फेशन हव उर्लाबारीले गरेको थियो । एसईई दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास गरी उनीहरुको उच्च शिक्षामा सहयोग पु¥याउने हेतुले सो प्रतियोगिताको आयोजना गरिएको र आगामी बर्ष बृहत रुपमा अघि बढाउने ब्यवस्थापक प्रमुख जीवन चिमरियाले जानकारी दिनुभयो । विजेता, फष्ट रनअरप र सेकेन्ट रनअरपले कक्षा ११ मा पूर्ण छात्रबृति पाउने छन् भने अन्य सहभागीहरुले ५० प्रतिशत छात्रबृत्ति पाउने उहाँको भनाई छ । उर्लाबारीको उर्लाबारी वल्र्ड एकाडेमी, मोरङ मोडेल आवासीय मावि, पशुपति आवासीय मावि र नेपाल दर्शन कलेजमा छात्रबृत्ति उपलब्ध गराईने आयोजक ब्लुम डिजिटल स्टूडियोका सञ्चालक सुदिप भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय