दुबईबाट फर्किएको बीस दिन जति भयो । आउनको लागि धेरै समस्याहरु झेल्नुपरेको थियो । नेपालमा लक डाउनको बीचमा फर्किए ।बिदेशबाट फर्केकाहरुले सरकारको नियम अनुसार क्वारेन्टाइनमा बस्नु पर्दछ । र म पनि क्वारेन्टाइनमा बसे । दस दिन जति । त्यहाँनेर छुट्टै अनुभव लिन पाए ।मलाई बिर्तामोडकै हेवन वाटर पार्कमा राखिएको थियो । मलाई कुन क्वारेन्टाइन राख्छ । त्यहाँ कस्तो हुन्छ ।खान बस्नको कतिको सुविधा हुन्छ। बसेको पैसा लिन्छ लिदैन ।

भन्ने कौतहलता लागिरहेको थियो । विभिन्न ठाउँ अलग अलग देशबाट त्यहाँ बस्न आएका रहेछन् ।भारत, दुबई, जापान, अस्ट्रेलिया, मलेसियाबाट क्वारेन्टाइन बस्न आएका थिए ।जे होस राम्रो क्वारेन्टाइनमा परेछु भनेर खुसी पनि लागेको थियो ।नुहाउन लुगा धुन देखि लिएर सबै कुराको सुविधा सप्पन्न थियो ।सुरुको दिनमा त दिग्दारी बनेको थिए । पहिलो दिनमा त्यो रात निन्द्रा नै लागेन । गर्मी ठाउँबाट आएकोले नेपालमा पानी परिरहेको रहेछ । धेरै समय पछि झरी देख्दा मनमा आनन्द आइरहेको थियो ।

त्यहाँ बसेकाहरु कतिले होहल्ला गर्थे । तास खेल्थे । कति त त्यो ठाउँ उम्कन पाइन्छ भनेर सोच्थे ।दिनहरु कटाउन नै गाह्रो थियो । धन्य स्थानीय तहको कै क्वारेन्टाइन बस्न पाइयो । घर पनि सबैको नजिकै थियो । क्वारेन्टाइनमै भेट्न परिवारका सदस्यहरु आउँथे । मलाई भेट्न बुबा आमा बहिनी आएका थिए । फलफूल दुध मासु पकाएर भेट्न आउथे कयौं को अभिभावकहरु ।कहिँ पनि जान पाइदैन थियो । कम्पाउड भित्र नै बस्न पर्थ्यो।धेरै मानिसहरु सँग भेट्न पाइयो ।बिदेशमा गरेको दुख सुख आदन प्रदान गर्न पाइयो ।

हामी स्वास्थ छौ तर पनि क्वारेन्टाइन बस्दा थिचोमिचो गरेर दबाबमा बसे जस्तो भयो । दुबईमा १५ र १६ वर्ष दुख गर्नु भएको विर्तामोड निवासी भेषराज लम्साल पनि आफ्नो अनुभव बताउनु भएको थियो । जे होस् रमाइलो भएको थियो ।मैले पनि क्वारेन्टाइन बस्दाको फाइदा उठाए । प्राणयाम गरे योग ध्यान को अभ्यास गरे । त्यहाँ खान बस्न सबै फ्री रहेछ । समय समयमा खाना चिया नस्ता आउथ्यो ।कहिले कहिले यस्तो अनुभव हुन्थ्यो कि जेलमा बसे जस्तो लाग्थ्यो ।

लामो समय पछि घर आएको हुनाले मलाई घर जान नै हतार परेको थियो ।घर नजिकै छ भनेर मलाई त्यति धेरै छट्पटी भएन ।मलाई भेट्न आइरहनु हुन्थ्यो बुवा ।क्वारेन्टाइनमा बस्दा माक्स अनिवार्य लगाउनु पर्थ्यो ।धेरै सुतेकोले ढाड नै दुख्थ्यो । त्यो कन्चनजङ्गा नर्सिङ कलेजको बरन्डाबाट हेवन वाटर पार्कको दृश्य अति सुन्दर देखिन्थ्यो ।नयाँ नयाँ कुरा सिक्न पाए ।विभिन्न ठाउँका साथीहरु सँगै भेट्न पाइयो । पाँच दिनमा पिसियार चेक भयो पाँच दिन मै रिपोर्ट आयो । कोरोना नेगेटिभ रहेछ । अनि मात्र यस्तो लाग्यो कि म कोरोना बाट मुक्त भए । अहिले म घर फर्कीसकेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय