काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा आइतबार संकटा क्लबले उत्कृष्ट जित निकाल्दै शिर्षताको होडमा आफ्नो दावेदारीतालाई पनि कायम राखेको छ ।

दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा संकटाले ब्रिगेड ब्वाईज क्लब (बीबीसी) माथि ३–० को प्रभावशाली जित निकाल्यो । संकटाका लागि उत्तम राईले दुई गोल गरे ।

खेलमा संकटाले तीनै गोल पहिलो हाफमा गर्यो । उत्तम राईले खेलको १२ र २८औं मिनटमा लगातार दुई गोल गरे भने तेस्रो गोल गर्न पनि संकटालाई धेरै पर्खनु परेन ।

३८औं मिनटमा लक्ष्मण रुचालले तेस्रो गोल थप्दै संकटाको उत्कृष्ट जित पहिलो हाफ मै पक्का गरेका थिए । खेलमा संकटाका फोडे फोफना म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

यो जितसँगै ६ खेलबाट १२ अंक जोडेको संकटा तेस्रो स्थानमा उक्लेको छ । र लिगलिडर मच्छिन्द्र भन्दा दुई अंकले मात्र पछाडी छ । उता पराजित बीबीसी भने ५ अंकका साथ ११औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय