मधुमल्ला । ‘मिक्लाजुङको सान, मधुमल्लाको पहिचान’ भन्ने नारासहित नवदिप युवा क्लबको आयोजनामा दोस्रो संस्करणको मधुमल्ला कप फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित प्रस्तावित मिक्लाजुङ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष देउमान तामाङले यही वैशाख १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ वटा चर्चित क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगिताकोे प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि ५ लाख लागत अनुमान गरिएको छ । दोस्रो पुरस्कारका लागि गाउँपालिकाले सहयोग गर्ने जनाएको छ भने अन्य आवश्यक खर्च व्यवस्थापनका लागि देश तथा विदेशमा रहेका सहयोगीहरूलाई आर्थिक सहयोगको आव्हान गरिएको छ । आयोजकले प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभाको विकास, युवामा खेलप्रतिको आकर्षण वृद्धि तथा मिक्लाजुङ क्षेत्रको पहिचान स्थापित गर्ने उद्देश्य राखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय