पाँचथर । पाँचथरमा एक सरकारी कर्मचारीले आफूभन्दा धेरै कम उमेरकी युवतीसँग विवाह गरेपछि सबै चकित परेका छन् । पौष १७ गते पाँचथरको नापी कार्यालयका कर्मचारी ५६ बर्षीय डिल्लीराम मुखियाले २३ बर्षीया सिर्जना लिम्बूसँग विहे गरेपछि सबै चकित परेका हुन् । सामाजिक संजाल फेशबुकमा नवजोडीको तस्बीर सार्वजनिक गरिएपछि धेरै मानिसहरु चकित परेका छन् । हेर्दा बुबा र छोरीको उमेरको भन्दै सामाजिक संजालमा टिप्पणी समेत भइरहेको छ । नयाँ जोडीलाई बधाइ दिदै दिइएको सुभकामनाको कमेन्टमा कतिपयले राम्रो भनेपनि अधिकांशले नकारात्मक कमेन्ट गरेका छन् भने कतिपयले ‘अनमेल विवाह’ भन्दै टिप्पणी गरेका छन् । उक्त जोडिको तस्बीर केही छिनमै सामाजिक संजालमा भाइरल बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय