उर्लाबारी । मोरङको उर्लाबारी–५ मा स्थापित अरनिको हस्पिटल प्रा.लि. ले ८ औं बार्षिक उत्सवको अवसरमा अपाङ्गता भएका ब्यक्तिहरुको निःशुल्क उपचार गर्ने भएको छ ।
आज हस्पिटलले पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । बार्षिक उत्सवको अवसरमा यही जेठ १५ गते अपाङ्गता भएका ब्यक्तिहरुको निःशुल्क उपचार गर्ने ब्यवस्था मिलाइएको अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । अन्य बिरामीहरुलाई विशेषज्ञ चिकित्सकको निःशुल्क ओ.पि.डि. सेवा, ल्याबको सेवामा २५ प्रतिशत, मुटु सम्बन्धि जाँच ईको सेवामा ५० प्रतिशत छुट, उक्त दिन भर्ना भएका बिरामीहरुलाई निःशुल्क बेडको सेवा, होलबढी चेकजाँच गर्न २५ प्रतिशत छुटको ब्यवस्था, असहाय, अपाङ्गता भएका बिरामीहरुको निःशुल्क ल्याब परीक्षण्ण । सो दिन औषधिमा १० प्रतिशत छुटको ब्यवस्था रहेको अध्यक्ष पोमुले बताउनुभयो । सोही अवसरमा बृहत रक्तादान कार्यक्रम पनि राखिएको छ । सो हस्पिटलमा नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमसमेत लागु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय